बजेटमा पर्यटनः १३ अर्बको सीमा

अर्थमन्त्री विष्णु पौडेल
टुरिजमफेस
काठमाडौं । सरकारले देशको पर्यटन क्षेत्रका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्व रूपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्य पढ्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिए ।
उनले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न हवाई सेवा कम्पनीहरूलाई सुविधा समेत दिइने बताए । बजेटमा आन्तरिक विमानस्थलको व्यवस्थापनका लागि ५० करोड रूपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै होटल, लज तथा रिसोर्ट निर्माणका लागि वनको जग्गा लिजमा दिइने नीति लिइएको छ । पर्यटनमा निजी क्षेत्रलाई आकर्षण गरिने समेत मन्त्री पौडेलले उल्लेख गरेका छन् । ‘होटल लज रिसोर्ट निर्माणका लागि वनको जग्गा लिजमा दिइने छ’ उनले भने, ‘होटल तथा रेस्टुरेन्टलाई उत्पादन उद्योग जतिकै सुविधा दिइने छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रूपमा विकास गर्न यो वर्ष पनि कार्यक्रम राखिएको छ । आगामी आर्थिक बर्षको बजेटमा विमानस्थललाई स्तरोन्नति गर्दै क्षमता विस्तार गर्नका लागि बुटिक विमानस्थलको रूपमा विकास गर्न ४ अर्ब १५ करोड रूपैयाँ विनियोजन गरेको छ । बुटिक विमानस्थल बनाउन केही वर्षदेखि काम भइरहेको छ ।
अर्थमन्त्री विष्णु पौडेल