हिमालको संरक्षण साझा दायित्व होः जोशी

दीपकराज जोशी
टुरिजमफेस
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले हिमाली क्षेत्रको संरक्षण, दीगो विकास र पर्वतारोहण संस्कृतिको प्रवर्द्धनमा जोड दिएका छन् ।
७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा ‘वर्ल्ड समिटर्स समिट–२०२५’ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै जोशीले हिमालप्रति जिम्मेवार र साझा उत्तरदायित्वको भावना विकास गर्नु अहिलेको सबभन्दा ठूलो आवश्यकता रहेको बताए । उनका अनुसार हिमालय क्षेत्र हाल जलवायु परिवर्तन, अत्यधिक पर्यटक, वातावरणीय क्षति र पहाडी समुदायको सामाजिक–आर्थिक असुरक्षाजस्ता जटिल समस्याहरूको चपेटामा परेको छ । उनले यी चुनौतीहरूको समाधानका लागि ढिलो नगरी साझा प्रयास गर्न जरूरी रहेको बताए ।
नेपालले हिमाली पहिचानलाई आत्मसात गर्दै ‘ वर्ल्ड समिटर्स समिट’ को आयोजना सुरु गरेको जोशीले बताए । हरेक दुई वर्षमा हुने यस शिखर सम्मेलनले अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्वतारोही, अनुसन्धानकर्ता, नीति निर्माता र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने उनको भनाइ छ ।
‘यो सम्मेलन केवल शिखर आरोहणको उत्सव मात्र होइन, हिमालय क्षेत्रको साहसिक पर्यटन, सांस्कृतिक समृद्धि र पारिस्थितिकीय महत्वको संरक्षण र प्रवर्द्धनको अभियान हो,’ उनले भने ।
दीपकराज जोशी