अमेरिकाबाट धमाधम नेपाली फिर्ता, थप ४० डिपोर्ट

टुरिजमफेस
काठमाडौं । अमेरिकी सरकारले नेपालीलगायतका अवैधानिक रूपले बसेका आप्रवासीलाई फिर्ता गर्ने क्रम जारी राखेको छ । खासगरी लुकिछिपी चोरी बाटो हुँदै अमेरिका परेकाहरू ट्रम्प प्रशासनको निशानामा पर्दै आएका छन् । अवैध रूपमा अमेरिका बस्दै आएकालाई खोजी काय तीव्र पारिएसँग थप ४० नेपाली अमेरिकी सुरक्षाकर्मीको पक्राउमा परेका छन् ।
यसरी पक्राउ परेकालाई डिपोर्ट गर्ने क्रम जारी छ । पछिल्लो समयमा पक्राउ परेका ४० नेपालीलाई पनि डिपोर्टको तयारी भइरहेको अध्यागमन विभागले जनाएको छ । उनीहरूलाई जुनसुकै बेला नेपाल ल्याउन सक्ने विभागले जनाएको छ ।
सन् २०२५ को जनवरी २० देखि हालसम्म करिब १५० नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । यद्यपि अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने क्रम विगतका पनि थियो । तर त्यतिबेलाको संख्या सानो थियो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ नेपाली अमेरिकाबाट डिपोर्ट गरिएका थिए