सबिना मास्केलाई नेपाल टेलिकम प्रबन्ध निर्देशकको जिम्मेवारी

सबिना मास्के
टुरिजमफेस
काठमाडौं । नेपाल टेलिकमकी नायब प्रबन्ध निर्देशक सबिना मास्केले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार मास्केलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो ।
चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बि.ई. गरेकी मास्केले २०४९ माघ २५ देखि तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फागुन १० मा कम्पनीको स्थायी नियुक्ति लिएकी थिइन् ।
सबिना मास्के