क्षमता विस्तार गर्दै लुम्बिनी प्यालेस रिसोर्ट

टुरिजमफेस
काठमाडौं । रुपेन्देहीमा सञ्चालन हुँदै आइरहेको लुम्बिनी प्यालेस रिसोर्ट व्यवसाय विस्तारका लागि लगानी विस्तारको अभियानमा कस्सिएको छ । उसले थप एक अर्ब रूपैयाँ लगानी विस्तार गर्ने तयारी गरेको सञ्चालकले बताएका छन् ।
सन् २०२८ मा पाँचतारे होटल बन्ने लक्ष्य बनाएको रिसोर्टमा हाल ३१ कोठा छन् । रिसोर्टले लगानी विस्तारपछि ९१ कोठा बनाउँदै छ ।
रिसोर्ट व्यवस्थापन स्रोतका अनुसार अब सुइट रुमसहित भिल्ला, क्यासिनो, आधुनिक सुविधा, फिटनेस सेन्टर, क्यासिनो, ब्यांक्वेट र कन्फरेन्स हल निर्माण हुनेछन् । कृषि, शिक्षा, हस्पिटालिटीलगायतका क्षेत्रको अनुभव प्राप्त गरिसकेका डा. राजेन्द्र केसी रिसोर्टका पनि अध्यक्ष हुन् ।