भनसुन अचाक्ली बढेपछि त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द

टुरिजमफेस
काठमाडौं । नेपालमा चिनेजानेकै कारण धेरै ठाउँमा प्रभाव पर्छ भन्ने कुरा नयाँ होइन । यस्तै कुरा अचाक्ली भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास नै बन्द गर्नु परेको छ ।
खासै काम नपरेका व्यक्तिले भिजिटर पासका भनसुन गर्ने तर पहुँच नभएका व्यक्तिले नपाउने गुनासो बढेपछि नागरिक उड्डयन प्राधिकरणले भिजिटर पास वितरण बन्द गरेको जनाएको छ । अब अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत वितरण हुँदै आएको भिजिटर पासको वितरण हुने छैनन् ।
तर अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका, गर्भवती एवं नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।