५ हजार ६ सय ३० मिटरको लक्ष्य थियो हिमपहिरोमा परेका पर्यटकको
टुरिजमफेस
काठमाडौं । दोलखामा ज्यान गुमाएका र बेपत्ता पर्यटकको लक्ष्य गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमश्रृंखलाको यलुङ रि रहेको थियो । जसको उचाई ५ हजार ६ सय ३० मिटर रहेको छ ।
यलुङ रि आरोहणका लागि ५ विदेशी र १० नेपाली पथप्रदर्शकसहित १५ जना त्यसतर्फ जाँदै गर्दा सबैलाई हिमपहिरोले पुरेको दोलखा प्रहरीले जनाएको छ । जसमध्ये ५ जना विदेशी र २ नेपाली पर्यटकको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । अन्य ४ पर्यटक घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ३ जना अमेरिकी तथा एक÷एक जना क्यानडा र इटालीका नागरिक रहेको प्रहरीले जनाएको छ ।
दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले आरोहणमा गएको टोली हिम पहिरोमा परेको सूचना ढिलो गरी प्राप्त हुँदा समयमा उद्धार हुन नसकेको र त्यसले मानवीय क्षति भएको बताए । सूचना पाएपछि पनि खराब मौसमका कारण हेलिकप्टर उड्न नसकेको उनको भनाइ छ ।
हिमपहिरोमा बेपत्ताको खोजीका लागि नेपाली सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ ।
