दानबहादुर कार्की नेपाल प्रहरीको महानिरीक्षक नियुक्त
टुरिजमफेस
काठमाडौंं । नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन् । प्रहरी महानिरीक्षक हुने उनी ३३औं हुन् ।
कार्कीलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।
अहिलेका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ यही कात्तिक २६ गते रातिदेखि अवकाशमा जाँदैछन् । गुल्मी स्थायी ठेगाना भएका कार्की २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । उनीसँगै २०५४ मा प्रहरी निरीक्षक भएका मनोज केसी, राजन अधिकारी तथा २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा प्रहरी निरीक्षक भई पछि नेपाल प्रहरीमा प्रवेश गरेका सिद्धिविक्रम शाह पनि महानिरीक्षकको प्रतिष्पर्धामा थिए ।
