सांग्रिला डेभलपमेन्ट बैंकको बम्पर लाभांश
टुरिजमफेस
काठमाडौं । अर्थतन्त्र शिथिल रहेको बेला सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीका लागि बम्पर लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१–८२ का लागि करसहित ५.३५८३ प्रतिशत नगद लाभांश गरी कुल १०.३५८३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयरधनीहरूले प्राप्त गर्नेछन् ।
कुल ३६ करोड ८३ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश नेपाल राष्ट्र बैंक तथा साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ ।
