होटल पार्क ल्याण्ड आईपीओ जारी गर्दै, यस्तो छ योजना
टुरिजमफेस
काठमाडौं । होटल पार्क ल्याण्ड लिमिटेडले प्राथमिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । होटल पार्क ल्याण्ड लिमिटेडका अध्यक्ष शरदकुमार पाण्डे र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
होटल पार्क ल्याण्ड लिमिटेडले १८ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा ३२ कोठाको होटल सञ्चालन गर्दैै आएको छ । आईपीओ बिक्रीबाट प्राप्त रकमलाई कम्पनीले ४४ कट्ठा क्षेत्रमा वृद्धि गरी १०५ कोठा सहित चारतारे होटलमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।
