एनआइसी एशिया बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
टुरिजमफेस
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेड र आइएमई हस्पिटालिटी प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकलाई आइएमई हस्पिटालिटीअन्तर्गतका विभिन्न होटल, रेष्टुरेन्ट तथा केबलकारहरूमा १० प्रतिशतको छुट उपलब्ध हुने सम्झौता भएको हो । जस अनुसार आइएमई हस्पिटालिटीले होटल हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोर्ट (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेंग रेष्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा १० प्रतिशतसम्म छुट दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आइएमई हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
