पूर्णिमा श्रेष्ठ आफ्नै कीर्तिमान तोड्दै छैटौँ पटक सगरमाथा शिखरमा
गोरखा । सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै कीर्तिमान तोड्दै छैटौँ पटक सगरमाथा शिखरमा पुगेकी छिन् । ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हुन् ।
श्रेष्ठले यसअघि दुई हप्तामा तीनपटक सगरमाथाको आरोहण गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराएकी छिन् । श्रेष्ठले सन् २०२४ मे महिनामा एउटै याममा १३ दिनमा सर्वाधिक (३ पटक) विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेक्न सफल भइन्। श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ तारिखमा सगरमाथा आरोहण गरेकी थिइन् । फोटो पत्रकारसमेत रहेकी श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका आरुटार निवासी हुन् ।
