संघीय निजामती विधेयक संसदमा लैजाने मन्त्रिपरिषद्को स्वीकृति
काठमाडौं । सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको हो। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सरकारको निर्णयसँगै संघीय निजामती सेवासम्बन्धी प्रस्तावित कानुनी व्यवस्थालाई अब संघीय संसदको प्रक्रियामा अघि बढाउने बाटो खुलेको छ।
