नेप्सेमा होटल तथा टुरिजम : सोमबार ४ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (NEPSE)मा सोमबार होटल तथा टुरिजम सेक्टरमा ४ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
५५२ वटा कारोबारबाट टुरिजम सेक्टरका विभिन्न कम्पनीका ६८ हजार ३४१ कित्ता शेयर ४ करोड ८५ लाख ७१ हजार ७२४ रुपैयाँमा कारोबार भएका छन् ।
सोमबार समग्र नेप्सेमा ४४ हजार १६९ वटा कारोबारबाट ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँमा किनबेच भएका छन् ।
नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५१ बिन्दुमा पुगेको छ ।