अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभामा गोली प्रहार
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभामा गोली प्रहार भएको छ । गोली लागेर ट्रम्प सामान्य घाइते भएका छन् र उनलाई अस्पताल पु¥याइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । अमेरिकाको पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी ¥याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो ।
उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली चलाउने व्यक्ति भने मारिएका छन् । बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्ति र अर्का एक सर्वसाधारणको पनि मृत्यु भएको छ । चुनावी ¥यालीमा ट्रम्पले करिब पाँच मिनेट बोलेपछि गोली चलेको थियो । एजेन्सीको सहयोगमा
