नेपाल भित्रियो योकोहामाको टायर

टुरिजमफेस
काठमाडौँ ।
विश्वकै सर्वोत्कृष्ट टायरको रूपमा स्थापित जापानी कम्पनी योकोहामा टायर नेपाली बजारमा भित्रिएको छ । अटो पार्टस इन्टरनेशनल (एपिआइ) ले योकोहामाका टायर बिक्री वितरण गर्नेछ ।
काठमाडौँमा आयोजित एक कार्यक्रमबीच योकोहामा टायर नेपाली बजारमा प्रवेश गरेको घोषणा गरिएको थियो । योकोहामा इन्डियाका प्रबन्ध निर्देशक हरिन्दर सिंहले योकोहामा समूहका लागि नेपाल महत्वपूर्ण बजार रहेको भन्दै नेपालको भौगोलिक अवस्था र सडकअनुसार योकोहामाको टायर उपयुक्त र किफायती हुने बताए । एपिआइका प्रबन्ध निर्देशक सगुन कंसाकारले योकोहामासँगको साझेदारीप्रति उत्साह व्यक्त गर्दै नवीनतम र गुणस्तरका लागि विश्व प्रख्यात योकोहामासँग सहकार्य गर्न पाउँदासम्मानित महशुस गरेको बताउँदै नेपाली उपभोक्तालाई स्तरीय सेवा प्रदान गर्ने र नेपालको अटोमोबाइल क्षेत्रको विकासमा योगदान गर्ने लक्ष्य रहेको बताए । योकोहामा सन् १९१७ मा स्थापना भएको कम्पनी हो ।