२२ साउन, काठमाडौं । सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका खोला किनारका बस्तीहरु डुबानमा परेका छन् । उपत्यकाभित्र कहाँ कहाँ के भयो त ? हेर्नुहोस तस्वीरमा ।
आज रातिदेखि अविरल परेको वर्षाका कारण सिंहदरबार परिसरमा रहेका नेपाली काग्रेसको संसदीय दलको कार्यालयमा जमेको पानी । तस्बिरः नारायण न्यौपानै/रासस
आज रातिदेखि अविरल परेको वर्षाका कारण राम शाह पथस्थित राष्ट्रिय बिमा संस्थानको कार्यालयमा जमेको पानी । तस्बिरः नारायण न्यौपानै/रासस
उर्लिदैँ बाग्मती गएराति देखि परेको अविरल वर्षाका कारण काठमाडौँको चोभार गल्छीमा उर्लिएको बाग्मती । तस्बिरः प्रदीपराज वन्त/रासस
अविरल वर्षापछि बागमती नदीको दृश्य गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँको चोभार गल्छीमा उर्लिएको बागमती नदी । तस्बिरः प्रदीपराज वन्त/रासस
उर्लेको वागमती गएराती देखिको परेको अविरल वर्षाका कारण पानीको सतह वढेर वल्खुमा रहेका फलफल पसलहरु जोखीममा रहेकाछन । तस्बिर: प्रदीपराज वन्त/रासस