सेयर बजारमा फेरि बन्यो उच्च कारोबारको रेकर्ड, परिसूचक २९ सय बिन्दु माथि

काठमाडौं । पछिल्ला दिनमा दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाएको सेयर बजारले सोमबार पनि कारोबारमा नयाँ रेकर्ड राखेको छ ।
२७ अर्ब २४ करोड रुपैयाँ भन्दा धेरैको कारोबार गर्दै सोमबार बजारले कारोबार रकममा नयाँ रेकर्ड बनाएको हो ।
सोमबार २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा यो अहिलेसम्मकै धेरै हो । बजार मापन गर्ने सूचक ७०.८१ अंकले बढेर परिसूचक २९३१.६५ बिन्दु कायम भएको छ ।
३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १ अर्ब २२ करोड ८० लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट र नेपाल फाइनान्स रहेका छन् ।
पछिल्लो समय लगातार बढीरहेको कारोबार रकमले लगानीकर्तामा आत्मविश्वास बढेको छ । लगानीकर्ताहरु नेप्सेले यस अघिको उच्च बिन्दुको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई लिनेमा विश्वस्त देखिएका छन् ।