पर्यटन विभागको महानिर्देशकमा रेग्मी
Narayan Prasad Regmi
टुरिजमफेस
काठमाडौं । सरकारले पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव नारायणप्रसाद रेग्मीलाई दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तरगत विभागमा यसअघि रुद्रप्रसाद पण्डित महानिर्देशक थिए । उनको राष्ट्रिय योजना आयोगमा सरुवा भएपछि रिक्त स्थानमा मन्त्रालयले रेग्मीलाई पठाएको हो । बाजुराका स्थायी बासिन्दा रेग्मीले यसअघि श्रम रोजगार तथा समाजिक सुरक्षा, उद्योग वाािण्ज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासनलगायतका मन्त्रालयमा काम गरिसकेका छन् ।
Narayan Prasad Regmi
