ठमेल प्लाजा होटल एण्ड सुइटसले आइपिओ जारी गर्दै
टुरिजमफेस
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ ठमेलमा रहेको ठमेल प्लाजा होटल एण्ड सुइटसले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले १० लाख कित्ता अंकित मूल्य १ सय रूपैयाँका दरले सेयर जारी गर्ने तयारी गरेको छ ।
आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ नियुक्त गरिएकोे छ । जसका लागि सम्झौतापत्रमा एसबिआइ मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटलका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले हस्ताक्षर गरे ।
आफ्नै स्वामित्वको जग्गा एवम् सुविधा सम्पन्न भवनमा रहेको होटल ‘रमदा इन्कोर काठमाडौं ठमेल’ को नामबाट विगत ३ वर्षदेखि सञ्चालन हुँदै आएको छ । होटलले ९० वटा कोठामार्फत् पर्यटकहरूलाई सेवा प्रदान गरिरहेको छ ।