थाई एयर एसियालाई कारबाही, उडान निलम्बित

टुरिजमफेस
काठमाडौं । उडान अनुमति नलिई नेपाल आएको थाई एयर एसिया नेपाल नागरिक उड्डयन प्राधिकरणको कारबाहीमा परेको छ ।
थाइल्याण्डबाट काठमाडौँ आएको विमानलाई कारबाही गरेको प्राधिकरणले जनाएको छ । अनुमति नलिई आएको जहाजलाई केहीबेर अवतरण अनुमति दिइएको थिएन । करिब एक घण्टा जहाज आकाशमै ‘होल्ड’ भएपछि विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अनुमति दिइएको थियो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले कम्पनीले अटेरी गरेपछि थाई एयर एसियाको उडान केही समयका लागि निलम्बन गरिएको बताए । योसँगै नेपालको आधिकारिक एजेन्ट (जिएसए) लाई पनि रद्द गरिएको छ ।
विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउने भएकाल यात्रुको सुरक्षा र मानवीयताको कारणले उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको भुलले बताए । थाई एयर एसियाले कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो ।