नेपालको यु–१९ महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा
टुरिजमफेस
काठमाडौं । नेपालको यु–१९ महिला टोली पहिलो पटक टी–२० विश्वकपमा छनोट भएको छ ।
संयुक्त अरब इमिरेटेसलाई हराएर नेपालले विश्वकपको यात्रा तय गरेको हो । दुबईस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल ८ विकेटले विजयी भयो । नेपालको यु–१९ महिला टोलीले विश्वकप छनोट खेलेको दोस्रो पटक हो र दोस्रो प्रयासमा नेपाल विश्वकप पुग्न सफल भएको छ ।
युएईविरुद्धको खेलमा कृष्मा गुरुङले ४, रिया शर्मा र सीमा केसीको २–२ विकेट लिए । कप्तान पूजा महतोले ओपनर साना प्रविनसँग ३० रनको महत्वपूर्ण साझेदारी गरिन् ।
एसियाबाट नेपाल छनोट भएसँगै विश्वकप खेल्ने सबै १६ टोलीको टुङ्गो लागेको छ । यु–१९ महिला टी–२० विश्वकप जनवरी १८ देखि फेब्रुअरी ७ सम्म मलेसियामा हुने छ ।