फैलिँदै पाँचतारे होटल
टुरिजमफेस
काठमाडौं । विश्वप्रसिद्ध ब्रान्ड काठमाडौं मेरियट सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय चेन होटल थपिने क्रम ह्वात्तै बढेको छ । काठमाडौंमा मेरियट २०७६ वैशाखदेखि सञ्चालमा आएको हो ।
हायात रिजेन्सी प्रवेशको करिब करिब २० वर्षपछि पाँचतारे होटल मेरियट सञ्चालनमा आएसँगै अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तारे होटल निर्माणको लहर चलेकोे छ । हालसम्म नेपालमा दुई दर्जन बढी पाँचतारे होटल सञ्चालनमा आइसकेका छन् भने झन्डै एक दर्जनसञ्चालन तयारीमा छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म १६ होटलले पाँचतारेको मान्यता लिइसकेका छन् भने ९ वटाले पाँचतारेको होटेलको मान्यता लिने तयारीमा छन् ।
सञ्चालनमा रहेका पाँचतारे होटलमा अधिकांश अन्तर्राष्ट्रिय चेन होटलले व्यवस्थापनको जिम्मेवारी लिएका छन् । लगानी सुरक्षित र ब्रान्डको नाममा पनि ग्राहक आउने हुँदा नेपाली लगानीकर्ताको ध्यान अन्तर्राष्ट्रिय ब्रान्डमै पुगेको हो ।
यी हुन् सञ्चालनमा रहेका पाँचतारे होटल
काठमाडौं मेरियट
काठमाडौंको नागपोखरीमा सञ्चालित मेरियट होटलमा २१४ कोठा रहेका छन् । १३ तले भवनको होटल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलमा क्यासिनोदेखि पाँचतारे सुविधा उपलब्ध छ ।१९३ डिलक्स, २० स्वीट र एउटा प्रेसिडेन्टल रुम रहेको छ ।
मेची क्राउन
मेची क्राउन ८ बिघा क्षेत्रफलमा फैलिएको छ । करिब २ अर्ब लगानीमा निर्माण भएको होटलको व्यवस्थापन भारतको उडान समूहले लिएको छ ।होटलमा १९२ कोठा सञ्चालनमा छन्, जसमा ४ स्वीट्स, ८ एक्जुकेटिभ भिल्ला, ९० मेची क्लब, ६५ डिलक्स र २५ वटा प्रिमियम छन् ।
लेमन ट्री प्रिमियर
बुढानीलकण्ठमा सञ्चालित लेमन ट्री प्रिमियरमा १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटेलमा १०२ कोठा छन् । तीमध्ये ५७ वटा ट्वीन्स रुम, ३३ किङ रुम, ६ वटा जुनियर स्वीट्स रुम, ४ बिजनेस स्वीट्स रुम र २ वटा प्रेसिडेन्टल स्वीट्स रुम छन् ।
त्यस्तै, अल डे डाइनिङ रेस्टुरेन्ट, स्पेसियालियाटी रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब,दुईटा बैंक्वेट हल र क्यासिनो मुख्य गरी व्यावसायिक प्रयोजनका लागि महत्वपूर्ण योगदान गर्ने सुविधायुक्त एवं आधुनिक संरचना बनेको छ । २ अर्ब ५० करोड कुल लागत रहेको होटलमा हेल्थ क्लब, स्विमिङ पुल, रुफ टप गार्डेन, स्पा, योगा तथा ध्यान केन्द्र निर्माण गरिएको छ ।
सोल्टी होटल काठमाडौं
सोल्टी होटल करिब ८५ रोपनी क्षेत्रफलमा फैलिएको छ। सात वटा प्रेसिडेन्सियल भिभिआईपी स्वीट रुम रहेको होटलमा २८२ बढी स्तरीय कोठा छन् ।
पोखरा ग्रान्ड
पोखरामा १७ वर्षअघि सञ्चालनमा आएको होटल पोखरा ग्रान्डमा १४० वटा कोठा रहेका छन् । पोखरा ग्रान्डमा १० वटा स्वीट्स रुम रहेका छन् । पाँच हल रहेको होटलमा तीन रेस्टुरेन्ट र एउटा बार छ। स्पा, हेल्थ क्लब, स्विमिङ पुल, ट्राभल्स डेस्क, बिजनेस सेन्टर तथा पर्याप्त पाकिङ सुविधा छ ।
हायात रिजेन्सी
सन् २००० देखि बौद्धमा सञ्चालनमा रहेको हायात रिजेन्सी काठमाडौं परम्परागत नेवारी शैलीको वास्तुकलामा डिजाइन गरिएको लक्जरी पाँचतारे होटल हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ४ किलोमिटर टाढा रहेको होटल ३०० रोपनीमा फैलिएको छ ।
२८० कोठा रहेको होटलमा एउटा वटा प्रेसिडेन्टल, एउटा एक्जुकेटिभ गरी ८ स्वीट्स, ४२ क्लब रुम, ३८ भ्यू रुम र बाँकी १९२ वटा हायात स्ट्यान्डर्ड रुम रहेका छन् ।
याक एन्ड यती
काठमाडौंको दरबारमार्गमा अवस्थित याक एण्ड यती होटल ५७ रोपनीमा क्षेत्रफलमा फैलिएको छ । २४७ वटा कोठा रहेको होटलमा स्विमिङ पुल, ज्याकुजी, साउना, लङटेनिस, साइक्लिङ, जिम, वेलनेस सेन्टर, स्पा र क्यासिनोसमेत छ । द
मल्ल होटल
काठमाडौंको लैनचौरमा अवस्थित द मल्ल होटल २४ रोपनी क्षेत्रफलमा फैलिएको छ । वि.सं. २०३२ बाट सञ्चालनमा आएको होटलमा ४४ स्ट्यान्डर्ड, ४३ डिलक्स, तीन जुनियर स्वीट्स र चार वटा डिलक्स स्वीट्स कोठा छन् ।
टाइगर प्यालेस भैरहवा
रुपन्देहीको तिलोत्तमा–१५ स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट १२ बिघा क्षेत्रफलमा फैलिएको छ । हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गरेको रिसोर्टमा १०२ वटा कोठा छन् । लक्जरी रिसोर्टमा ९० डिलक्स, ६ एक्जुकेटिभ, ४ स्वीट्स र दुईटा भिल्ला छन् । ५ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको रिसोर्टमा गैरआवासीय नेपाली (एनआरएनए)को लगानी छ ।
सोल्टी वेस्टेन्ड प्रिमियर
नेपालगन्जमा सञ्चालनमा रहेको सोल्टी वेस्टेन्ड प्रिमियर होटल करिब दुई विघा क्षेत्रफलमा फैलिएको छ । १ अर्ब २५ करोड बढी लगानीमा निर्माण भएको होटलमा ८१ वटा कोठा रहेका छन् । होटलमा बार, रेस्टुरेन्ट, बैंक्वेटका अलावा स्पा, जिम, स्टिम बाथ, स्वीमिङ पुलको सुविधा छ ।
होटल सेन्ट्रल प्लाजा
बाँकेको कोहलपुरमा सञ्चालित होटल सेन्ट्रल प्लाजा १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । ६० करोड लगानीको होटलमा ३२ स्क्वायर फिटको स्वीमिङ पुल, दुईटा बार र तीन वटा सेमिनार हल छन् । सेमिनार हल ५०, १०० र ६०० जना अट्ने क्षमता छ । होटलमा ८० वटा रुम रहेका छन्। होटलमा स्पा, जिम, सपिङ कम्प्लेक्स, बेकरीलगायत सुविधा छन्। होटलको भवन ए, बी र सी गरी तीन वटा ब्लगमा रहेको छा। बी र सी भवनमा २३÷२३ वटा कोठा छन्। होटलमा पाँच वटा प्रेसिडेन्सियल स्वीट्स रुम, पाँच फेमिली स्वीट्स कोठा, २० सुपर डिलक्स र बाँकी डिलक्स कोठाको व्यवस्था छ।
होटल एभरेष्ट
काठमाडौंको नयाँ बानेश्वरमा सञ्चालनमा रहेको होटल एभरेष्ट ३१ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलमा २८० कोठा विभिन्न प्रकृतिका रहेका छन्। २०७२ भूकम्पपछि लामो समय बन्द होटल २०७६ देखि नियमित सञ्चालनमा आएको हो
अलफ्ट होटल
ठमेलको छायादेवी कम्प्लेक्समा अलफ्ट काठमाडौं सञ्चालनमा रहेको छ । कम्प्लेक्सको पाँचौ तलादेखि १५औं तलासम्म सञ्चालनमा रहेको होटलमा १६७ कोठा छन्। होटलमा क्यासिनो, बार र रुफ टम रेस्टुरेन्टलगायत सुविधा छ । अमेरिकन ब्रान्ड म्यारियटले होटलको व्यवस्थापन गर्दै आएको छ ।
होटल द किङ्ग्सबरी
झापाको केन्द्रबिन्दुमा अवस्थित बिर्तामोड होटल द किंग्सबरीमा ८२ कोठा छन्। होटलमा ६ स्वीट्स, ५ एक्जुकेटिभ र ७१ वटा डिलक्स कोठा रहेका छन्। होटलमा रुफटप बार, पुलसाइड बार, स्पा र स्वीमिङसमेत छ ।
हायात प्यालेस
काठमाडौंको सोल्टीमोडमा सञ्चालनमा रहेको हायात प्यालेस साढे १० रोपनी क्षेत्रफलमा फैलिएको छ। ५ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको १४ तले भवनमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यारिस रुम र १५३ गेस्ट रुम उपलब्ध छन्। यसका अतिरिक्त गार्डेन, जिम हल, स्पा, स्वीमिङ पुललगायत सुविधा उपलब्ध छन्।
इच्छा होटल
बाराको सिमरामा सञ्चालित होटल इच्छा १ अर्ब ५० करोड लागतमा निर्माण तथा सञ्चालनमा आएको हो। मिनी क्यासिनोसहित सञ्चालनमा रहेको होटलमा १०० कोठा छन्। सिमरा विमानस्थलबाट २ किलोमिटर र हेटौंडाबाट ३५ किमि दूरीमा रहेको होटल दुई बिघा क्षेत्रफलमा फैलिएको छ ।
दुसित प्रिन्सेस
लाजिम्पाटमा सञ्चालनमा रहेको दुसित प्रिन्सेसमा १०७ कोठा छन् । १२ तले होटलमा ८२ सुपेरियर, १० डिलक्स, ८ एक्जुकेटिभ, ६ जुनियर स्वीट्स र एउटा प्रेसिडेन्सियल रुम रहेको छ । होटल करिब १ अर्ब ५० करोड रुपैयाँमा निर्माण गरिएको हो।
अकामा होटल
काठमाडौंको धुम्बाराहीमा सञ्चालनमा रहेको अकामा होटल ९ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलमा सुपेरियर ९५, डिलक्स ६, डिलक्स स्वीट्स चार, फेमिली स्वीट्स दुई, प्रेसिडेन्टल स्वीट्स एउटा गरी १०८ कोठा र दुई सय बेड छन्।
होलिडे इन रिसोर्ट
काठमाडौंको बुढानीलकण्ठमा सञ्चालनमा आएको होलिडे इन रिसोर्ट १ लाख ४२ हजार ७८३ वर्गफिट क्षेत्रफलमा फैलिएको छ। रिसोर्टमा १०४ कोठा रहेका छन्। करिब ३ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको रिसोर्टमा आधुनिक मनोरञ्जनका सुविधासहितका जिम, बाहिरी पौडी पोखरी, स्पा तथा बच्चाका लागि आकर्षक खेल गतिविधिसहितको किड्स क्लब रहेको छ ।
¥याडिसन होटल
नेपालको पुरानो होटलमध्येको लाजिम्पाटस्थित ¥याडिसन होटलमा २६० वटा कोठा छन्। ओरियन्टल होटल्स लिमिटेडद्वारा सञ्चालित होटलमा विभिन्न प्रकृतिका कोठा रहेका छन्।
हिल्टन
काठमाडौंको नक्सालमा सञ्चालित हिल्टन काठमाडौं १० रोपनी क्षेत्रफलमा फैलिएको छ। १७ तले होटलमा १७२ कोठा छन्। होटलमा रुफ टप बार, बैंक्वेट हल, स्पा, अल डे डाइनिङ रेस्टुरेन्ट र स्वीमिङ पुल रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटर दूरीमा रहेको र पर्यटकीय सहर ठमेलमा पनि सहजै पहुँच राख्न सकिने हिल्टन काठमाडौंमा ५ अनुपम डाइनिङ भेन्यू उपलब्ध छन्। यसमा स्थानीय परिकारका स्वाददेखि अन्तर्राष्ट्रिय स्तरका स्वादको मिश्रण पाइन्छ। भवनको पूर्वाधारमा जर्मन प्रविधिको भूकम्प प्रतिरोधात्मक उपकरण जडान गरिएको छ।
सिद्धार्थ भिलासा
२ अर्ब ५० करोड लगानीमा निर्माण भएको भैरहवाको सिद्धार्थ भिलासा पाँच बिघा क्षेत्रफलमा फैलिएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोमिटरको दूरीमा रहेको होटलमा ८५ वटा कोठा छन्। होटलमा तीन सेमिनार हल, लबी लाउन्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेन्ट, स्वीमिङ पुल, फिटनेस, जिम हल, स्पासहितको हेल्थ क्लब, लङ टेनिस कोर्ट आदि पूर्वाधारसँगै सबैभन्दा ठूलो १ हजार २०० जना अट्ने क्षमताको सेमिनार हलसमेत छ ।
आईटीसी फरच्यून
भक्तपुरको साँगामा फरच्यून रिसोर्ट एन्ड वेलनेस स्पा सञ्चालनमा छ । ३२ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा जग्गाबाहेक १ अर्ब रुपैयाँ लगानी भइसकेको छ । होटलमा हाल ६७ कोठा छन् ।