दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

टुरिजमफेस
काठमाडौं । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । दक्षिण कोरियामा राष्ट्रपति पक्राउ परेको यो पहिलो घटना हो । उनलाई राजधानी सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ । उनी दोस्रो पटकको प्रयासमा पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्न गएका सुरक्षाकर्मीसहितका अधिकारीहरूलाई युनका समर्थकहरूले रोक्ने प्रयन्त गरेका थिए ।
ठूलो संख्यामा युनको घरनजिक उपस्थित भएका समर्थकहरूले ब्यारिकेड राखेर अवरोध गरेपनि अनुसन्धानकर्ताहरू अवरोध छिचोच्न सफल भएका थिए । यसअघि पुस १९ गते उनलाई पक्राउ गर्न अनुसन्धानकर्ताहरू सउलस्थित उनको निवासमा पुगेका थिए । तर त्यतिबेला ठूलो संख्यामा समर्थकहरूले र युनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले अवरोध गरेपछि पक्राउ प्रयास असफल भएको थियो । उनले दक्षिण कोरियमा सैनिक कानुन लागू गर्न खोजेका थिए र त्यसलाई संसद्ले विफल पारेपछि उनी निलम्बित हुन पुगेका थिए ।
सैनिक कानुन ल्याएपछि उनीविरूद्ध संसद्मा दर्ता भएको महाभियोग पारित भएको थियो । यद्यपि महाभियोगको प्रक्रिया संवैधानिक अदालतबाट टुंगिन बाँकी छ ।