नेपाल लाइफको नाफा ९.४५ प्रतिशत बढ्यो

टुरिजमफेस
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासमा खुद नाफा ९.४५ प्रतिशत बढेर ४६ करोड ८१ लाख रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ७७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.२६ प्रतिशत बढेर २२ अर्ब १२ करोड ९३ लाख रूपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ अर्ब ७१ करोड २३ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १५.९४ प्रतिशत बढेर २८ अर्ब ५४ करोड २९ लाख रूपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २४ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
त्यस्तै कम्पनीको कुल आम्दानी १४.३५ प्रतिशत बढेर ३३ अर्ब ३९ करोड ८५ लाख रूपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २९ अर्ब २० करोड ८१ लाख रूपैयाँ कुल आम्दानी गरेर २६ अर्ब ९५ करोड ५८ लाख रूपैयाँ कुल खर्च गरेको थियो ।
८ अर्ब २० करोड ७९ लाख रूपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ति कोष १ अर्ब ३० करोड ८३ लाख रूपैयाँ, सञ्चित नाफा २ अर्ब ३८ करोड ३४ लाख रूपैयाँ र अन्य इक्विटी ७८ करोड २६ लाख रूपैयाँ छ । कम्पनीको जीवन बीमा कोष २ खर्ब १७ अर्ब १४ करोड ५६ लाख रूपैयाँ पुगेको छ । गत वर्षको पुससम्म १ खर्ब ८२ अर्ब ६२ करोड २५ लाख रूपैयाँ जीवन बीमा कोषमा थियो । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ११.४१ रूपैयाँ, मूल्य आम्दानी अनुपात ७०.४२ र प्रतिसेयर नेटवर्थ १५४.५१ रूपैयाँ रहेको छ ।