महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला सुब्बाको जीवनमा आधारित फिल्म ’अञ्जिला’

टुरिजमफेस
काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ’अञ्जिला’ तयार भएको छ । जसको टिजर सार्वजनिक गरिएको छ ।
सार्वजनिक टिजरमा एञ्जिला घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तान बन्दासम्मको कथा छ । फिल्ममा एञ्जिला आफैं प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका बुवाआमाको भूमिकामा छन् । बुवा फुटबलको विपक्षमा र आमा पक्षमा छन् ।
मिलन चाम्सले ‘अञ्जिला’ को निर्देशन गरेका हुन् । फिल्मको वल्र्ड प्रिमियर गत मङ्सिरमा हङकङमा भएको थियो । यो फिल्म नेपाल रिलिज अगावै युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा प्रदर्शन गर्ने तयारी छ । फिल्म नेपालमा फागुन २९ गतेदेखि प्रदर्शनमा आउनेछ ।