फिक्सिङ गर्न खोजेपछि बंगलादेशकी क्रिकेटरलाई आइसिसीकोे पाँच वर्षे प्रतिबन्ध

टुरिजमफेस
काठमाडौं । खेलमा फिक्सिङ गर्न खोजेपछि बंगलादेशकी क्रिकेटर शोहेली अख्तरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पाँच वर्षका लागि कुनै पनि खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।
उनी आइसिसीबाट प्रतिबन्धित हुने पहिलो महिला क्रिकेटर समेत बनेकी छन् । अख्तरलाई आइसिसीले फिक्सिङ गर्ने प्रयास गरेको, घुस दिएको र आइसिसीको एन्टी करप्सन कोड (एसियू) का लागि चाहिने पूर्ण विवरण नदिई अनुसन्धानमा बाधा पु¥याएको आरोपमा दोषी ठहराएको छ ।
उनले बंगलादेश र अष्ट्रेलियाबीचको विश्वकपको खेलको क्रममा हिट विकेट आउट गर्न एक खेलाडीलाई २० लाख बंगलादेशी टाका (लगभग १६,४०० अमेरिकी डलर) को प्रस्ताव गरेको बताइएको छ ।
अख्तरले सम्पर्क गरेको खेलाडीले तुरुन्तै आइसिसीको एन्टी करप्सन युनिटलाई यो कुरा रिपोर्ट गरेकी थिइन् ।