विश्वभरि उडानका लागि नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबीच सम्झौता

टुरिजमफेस
काठमाडौं । कनेक्टिङ फ्लाइट गर्न वायुसेवा निगम र जापान एयरलाइन्सबीच सम्झौता भएको छ । निगमको जहाजले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान र त्यसपछिको कनेक्टिङ फ्लाइट जापान एयरलाइन्समार्फत अमेरिकी तथा पश्चिमा लगायतका मुलुकमा उडान हुनेछ ।
सम्झौताअनुसार निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत् विश्वभरीको अन्तिम गन्तव्यसम्मका लागि यात्रु तथा ब्यागेज चेक–इन सुविधा प्राप्त हुनेछ । त्यसैगरी सोही सञ्जाल हुँदै विश्वभरीबाट पर्यटकहरू नेपाल भ्रमण गर्न आउने अपेक्षा गरिएको छ ।
यसबाट निगमको व्यापार विस्तार हुनुको साथै समग्र देशको पर्यटन प्रवद्र्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने निगमले जनाएको छ ।