६ खेलका संघ निलम्बनमा

टुरिजमफेस
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न ६ खेलका संघलाई निलम्बन गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको १२१औं बोर्ड बैठकले नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
राखेप कार्यकारी समितिको बैठकले ती खेल संघलाई कारवाही स्वरुप निलम्बन गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको बताइएको छ ।