दुई महिना पछि सारियो दसौं राष्ट्रिय खेलकुद

टुरिजमफेस
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तोकिएको भन्दा दुई महिना पछि सारेको छ । परिषद्का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ जेठ ३ देखि १० सम्म गर्ने निर्णय गरेको हो ।
यसअघि राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० सम्म गर्ने निर्णय गरेको थियो ।