अमेरिकी राष्ट्रपतिसँग बाझाबाझ गरेका युक्रेनका राष्ट्रपतिलाई बेलायतले २.२६ अर्ब पाउण्डको सैन्य सहायता दिँदै

टुरिजमफेस
काठमाडौं । अमेरिकाका राष्ट्रपति ट्रम्पसँग बाझाबाझ गरेपछि ह्वाइहाउस बैठक छाडेका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई बेलायतले २.२६ अर्ब पाउण्डको सैन्य सहायता दिने भएको छ । अमेरिकापछि बेलायत पुगेका जेलेन्स्की र बेलायतका प्रधानमन्त्री कियर स्टार्मरबीच भएको भेटवार्तामा युक्रेनलाई २.२६ अर्ब पाउण्डको सैन्य सहायता गराउने सम्झौतामा हस्ताक्षर भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार जेलेन्स्कीलाई बेलायतका प्रधानमन्त्रीले न्यानो स्वागत गरे । स्टार्मरले युक्रेनलाई युनाइटेड किङ्गडमभरिबाट पूर्ण समर्थन रहेको बताएका थिए । अनि जेलेन्स्कीले युक्रेनका यस्ता असल साथीहरू पनि रहेको भन्दै आफूहरू निकै खुसी भएको बताएका थिए ।