‘ई–बग्गी’ चढ्ने हो ? आउनुहोस् ललितपुर !

टुरिजमफेस
ललिलतपुर । ‘ई–बग्गी’ चढ्ने इच्छा छ ? छ भने तपाईको इच्छा पूरा हुँदैछ । ललितपुर महानगरपालिकाले विद्युतीय माध्यमबाट सञ्चालन हुने ‘ई–बग्गी’ चलाउनका लागि परीक्षण सम्पन्न गरेको छ । महानगरले पर्यटन प्रवद्र्धन गर्ने भन्दै ई–बग्गी परीक्षण गरेको हो ।
‘महानगरभित्र आएका पर्यटकलाई घुम्न सजिलो होस् भनेर हामीले यसको परीक्षण गरेका हौं,’ ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने । महानगरले आन्तरिक तथा वाह्य पर्यटकलाई पाटन, पुल्चोक, मंगलबजार, महाविहार, लगायतका स्थानमा घुमाउन ई–बग्गीको अवधारणा ल्याएको हो ।
महानगरले ई–बग्गीमा पर्यटकको आकर्षक देखिएका संख्या थप गर्दै जाने मेयर चिरीबाबु महर्जनको योजना छ । हाछेथुले ई–बग्गीलाई एकतर्फी बाटोले पनि असर नगर्ने, पर्यटकलाई मुख्य स्थान घुम्न अन्य भीडभाडले असर नगर्ने भएर पनिे ललिपुरलाई पर्यटकीय नगरीका रूपमा स्थापना गर्न थप मद्दत पुग्ने अपेक्षा गरे ।