नेपाल टेलिकमले स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बेस्डर बनायो

टुरिजमफेस
काठमाडौं । नेपाल टेलिकमले नायिका स्वस्तिमा खड्कालाई ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेको छ । स्वस्तिमाले टेलिकमको प्रवद्र्धनात्मक कार्यमा सघाउ पु¥याउनेछिन् ।
टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरूको प्रवद्र्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । त्यस्तै कार्यक्रममा ब्रान्ड एम्बेस्ड स्वस्तिमाले नेपाल टेलिकम जस्तो गरिमामय एवम् सुपरिचित संस्थासँग आवद्ध हुन पाउँदा खुसी लागेको बताइन् ।