कसरी खस्यो जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको पांग्रा ?

टुरिजमफेस
काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको एउटा पांग्रा (नोज ह्वील) खसेको छ । यद्यपि उक्त जहाज एउटा पांग्राबिना नै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
उक्त जहाज बिहीबार जनकपुरबाट काठमाडौंका लागि ४ः४५ बजे उडेको थियो । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जहाज काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गर्दा गेयरको एउटा टायर गायब रहेको बताए । उनले जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर खसेको बताए ।
६२ जना यात्रु बोकेको जहाज सुरक्षित अवतरण भएको थियो । जहाजमा कसरी त्यस्तो समस्या आयो भन्नेबारेमा जहाजलाई ग्राउन्डेड गरेर छानबिन सुरू गरिएको भुलले बताए ।