शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा, देशभरका शिक्षकलाई आन्दोलनमा अनिवार्य भाग लिन उर्दी

टुरिजमफेस
काठमाडौ । नेपाल शिक्षक महासंघले शैक्षिक हड्तालको घोषणा गरेको छ । सरकारले माग पूरा गर्न बेवास्ता गरेको भन्दै महासंघले आन्दोलनलाई थप शसक्त बनाउन आम हड्तालको घोषणा गरिएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै सबै शिक्षकलाई आन्दोलनमा अनिवार्य भाग लिन उर्दीसमेत जारी गरेका छन् ।
‘देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन सबै शिक्षक, कर्मचारीहरूलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अवधिभर उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन आग्रह गर्दैछौं ।’ शिक्षकहरुले आफूले भने जस्तै गरी तत्काल शिक्षा ऐन जारी गर्नु पर्ने माग राखेका छन् । स्थानीय तहमुनि विद्यालय शिक्षालाई राख्न नहुने उनीहरूको मुख्य माग छ ।