हुम्लामा भेटिए लोपोन्मुख ३९ हिउँ चितुवा, हेर्ने मन छ ?

टुरिजमफेस
हुम्ला । हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकामा ३९ लोपोन्मुख हिउँ चितुवा पाइएका छन् । यी हिउँ चितुवा दुर्लभ भएकाले पर्यटकको आकर्षण हुने देखिएको छ ।
हुम्ला डिभिजन वन कार्यालयको समन्वयमा उकाली तथा तेस्रो ध्रुव संरक्षणले गरेको सर्वेक्षणमा नाम्खा गाउँपालिकामा मात्र ३९ हिउँ चितुवा रहेको पाइएको हो । करिब एक वर्ष लगाएर हिउँ चितुवाको गणना गरिएको थियो ।
तेस्रो ध्रुव संरक्षणका प्रमुख तथा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले क्यामेरा ट्रयापिङ प्रविधिको प्रयोग गरेर सर्वेक्षण गरिएको बताए । उनका अनुसार नाम्खा गाउँपालिकाभर ६१ क्यामेरा ट्रयाप प्रयोग गरी सर्वेक्षण गरिएको थियो । ठूलो संख्यामा हिउँ चितुवा भेटिएपछि संरक्षणका लागि सरकार सक्रिय हुनुपर्ने सुझाव दिइएको छ । हिउँ चितुवा हेर्नका लागि निकै आकर्षक हुने गर्छ ।
सरकारले सन् २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई उच्च प्रथामितामा राखेको छ ।