यी स्थानमा घुम्न सकिन्छ नयाँ वर्षमा काठमाडौं नजिक

टुरिजमफेस
काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो दिन सार्वजनिक बिदा छ । यो बिदामा आफन्त वा एक्लै घुम्नेका लागि काठमाडौंमा यी स्थान उपयोगी हुन सक्छन्ः
१. चन्द्रागिरि
थानकोट नजिकै पर्ने चन्द्रागिरि काठमाडौं नजिकैको गन्तव्य हो । चन्द्रागिरिमा केबलकारको यात्रा मात्र नभई पैदल यात्रा पनि गर्न सकिन्छ । चन्द्रागिरिको टुप्पोमा पुगेपछि भालेश्वर महादेवको दर्शन गर्न पाइन्छ । र, त्यही टुप्पोमै विभिन्न खेल खेल्न पाइने व्यवस्था हुनुको साथै खानेकुराका विभिन्न परिकार पाइन्छन् ।
२. शिवपुरी
पैदल यात्रामा रुची हुनेलाई शिवपुरी उपयुक्त गन्तव्य हो । शिवपुरी यात्रामा प्रकृतिको आनन्द लिन पाइनुको साथै शारीरिक अभ्यास गर्ने मौका समेत मिल्छ । शिवपुरी यात्रामा जानेहरूका लागि पनि विभिन्न खाले खानेकुराको सुविधा होटल, रेष्टरेन्टले दिन्छन् ।
३. नगरकोट
धौलागिरि, कञ्चनजंघा, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, ल्होत्से लगायतका हिमाल देख्न पाइने नगरकोट काठमाडौंबाट झन्डै ३२ किलोमिटर उत्तरपूर्व पर्छ । आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने नगरकोटमा सानाठूला सबै खाले होटल छन् ।
४. ककनी
काठमाडौंबाट २२ किलोमिटर दुरीमा रहेको ककनीको आकर्षण भ्यूटावर र प्राकृतिक मनोरम हो । ककनीमा ट्राउट माछा र स्ट्रबेरी पनि खान पाइन्छ । हिमाल हेर्न खोज्नेका लागि ककनी आकर्षक छ, जहाँबाट लाङटाङ, अन्नपूर्ण, मनास्लु, गणेश, गौरीशंकर, जुगल लगायत हिमाल सजिलै हेर्न पाइन्छ ।