पर्यटन मन्त्रालयको सचिवमा मैनाली

मन्त्रिपरिषद् बैठक
टुरिजमफेस
काठमाडौं । सरकारले रिक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवमा हरिप्रसाद मैनालीलाई सरुवा गरेको छ । यसअघिका सचिव विनोदकाश सिंहले अवकाश पाएपछि पर्यटन मन्त्रालय सचिवविहीन थियो । मैनाली स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयमा सरुवा गरेकोे छ । शिक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्लेलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्रिपरिषद् बैठक