‘पृथ्वीनारायण शाहको तस्बिर नोटमा राख्दा इज्जत बढ्छ’

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्री
टुरिजमफेस
काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्दा इज्जत बढ्ने बताएका छन् । अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) बारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राख्दा इज्जत बढ्ने भएकाले नोटमा शाहको तस्बिर राख्ने प्रस्ताव गरे ।
उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताए । गभर्नर विश्वनाथ पौडेल समेत उपस्थित बैठकमा उनले भने, ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको फोटो राखे नोटको इज्जत बढ्छ ।’
थापाले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताए । उनकाअनुसार यसले नोटको महत्व बढाउनेछ । —न्युज एजेन्सी नेपाल
नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्री