प्रभु इन्स्योरेन्सद्वारा १८ प्रतिशत बोनस सेयर

टुरिजमफेस
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आम्दानीबाट१८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । २९ औं वार्षिक साधारणसभाबाट प्रभु इन्स्योरेन्सले घोषणा गरेको हो । बोनस सेयर र वित्तीय उपलब्धिले बीमा क्षेत्रमा सकारात्मक सन्देश दिएको कम्पनीले जनाएको छ ।
आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै सेयरधनीहरुलाई आकर्षक प्रतिफल प्रदान गरेको प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको उनले बताए ।
ग्राहकलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले प्रभु इन्स्योरेन्सले अत्याधुनिक डिजिटल ट्रान्सफर्मेसन प्रविधि लागू गरिसकेको अध्यक्ष मल्लले बताए ।