सांस्कृतिक पर्यटन पर्व तीजको धुमधाम

तिजको दिन मङ्गलबार बिहानै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल / रासस
टुरिजमफेस
सांस्कृतिक पर्यटनको पर्व हरितालिका अर्थात तीज पर्व देशभरि हर्षोल्लासका साथ मनाइँदैछ । तीज मनाउन पशुपतिनाथसहित विभिन्न मन्दिरहरूमा व्रतालु महिलाको घुइँचो लागेको छ ।
पशुपतिनाथमा पूजाअर्चनाको लागि सहज व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको छ ।

यसैबीच पशुपतिमा पहिलोपटक दर्शनार्थीलाई पानीको फोहोरा बर्सिने व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पानीको फोहोरा बर्सिने व्यवस्था मिलाएको हो । नाचगानमा झुमेका व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा पानीको मसिना फोहोरा बर्सिने व्यवस्था मिलाइएको जोशीले बताए । तीजको अवसरमा सरकारले महिलालाई सार्वजनिक विदा दिएको छ ।
तिजको दिन मङ्गलबार बिहानै काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल / रासस