ईश्वरी न्यौपाने राज्य व्यवस्था समितिको सभापतिमा सर्वसम्मत
टुरिजमफेस
काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी यौपाने प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा सर्वसम्मत भएकी छन् । नेपाली कांग्रेसकै रामहरि खतिवडा सभापति रहेको समिति रिक्त भएपछि न्यौपाने चयन भएकी हुन् ।
खतिवडाले कर्मचारीको कुलिङ पिरियड प्रकरणमा राजीनामा दिनु परेको थियो । रिक्त सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेपछि सर्वसम्मत भएकी हुन् । उम्मेदवारी दिने अन्तिम समय मंगलवार ४ बजेसम्म थियो ।
उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । न्यौपानेको प्रस्तावक समितिका निर्वतमान सभापति खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ थिए ।
