शिवम् शिमेन्टले गर्यो जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सरसफाई

टुरिजमफेस
काठमाडौं । हालैको Gen–Z आन्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ ।
कम्पनीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाई गर्नुका सार्थ दैनिक कार्य संचालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको छ ।
कम्पनीका अनुसार, वर्तमान विषम् परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै, आगामी दिनहरुमा समेत निरन्तर श्रमदान तथा सरसफाई कार्यक्रम संचालन गर्ने जनाएको छ ।
शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।
वर्तमान परिस्थितिमा समुदाय र शहरको पुन निर्माणको लागि सहयोग र श्रमदान गर्नु कर्तव्य भएको जनाएको छ । आफुहरु सामाजिक जिम्मेवारी अनुसार काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहने जानकारी गराएको छ ।