एमाले अध्यक्ष ओलीले पहिले नै सिंहदवार जलाउँछु भन्दै थिए भनेर कसलाई इंगित गरेका हुन् ?

टुरिजमफेस
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिले सिंहदरवार पहिला नै जलाउँछु भनेको प्रतिक्रिया दिएका छन् ।
आफ्नै निवास भक्तपुरको गुन्डुमा पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै उनले सिंहदवार देशलाई माया गर्ने समूहले नजलाई घुसपैठ गर्नेहरूले जलाएको दावी गरेका छन् ।
यद्यपि उनले पहिला नै सिंहदवार जलाउँछु भन्नेहरूले नै यसपटक सिंहदवार जलाएका हुन् त भन्नेबारे प्रष्ट पार्न सकेनन् । विगतमा बेलाबेला देशको अवस्थामा सुधार नहुने हो भने सिंहदवार जल्न सक्ने नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काठमाडौं महानगरका मेयर बालेन शाहलगायतले भन्ने गरेका थिए ।
ओली जेनजी आन्दोलनपछि सत्ताच्युत भएका थिए । केही दिन सैनिक सुरक्षामा बस्न बाध्य ओली अहिले भक्तपुरको गुन्डुमा बस्दै आएका छन् । उनको बालकोटस्थित घर पनि प्रदर्शनकारीले जलाइदिएका छन् । उनले अहिलेको देशको अवस्थालाई बादल लागेको अवस्थासँग तुलना गरेका छन् ।