बल प्रयोग गर्ने र सार्वजनिक सम्पत्ति तोडफोड गर्नेमाथि कारवाही हुन्छः प्रधानमन्त्री

टुरिजमफेस
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा बल प्रयोग गर्ने र सार्वजनिक सम्पत्ति तोडफोड गर्नेमाथि कारवाही हुने बताएकी छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यसका लागि सरकारले न्यायाधीस गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरिसकेको बताइन् ।
यद्यपि जेनजी युवाको चाहना नेपालमा धेरै सुधार हुनुपर्छ भन्ने रहे पनि यो सरकारको गठन तथा संवैधानिक बाध्यताका कारण निर्वाचनपछि बन्ने सरकारले संविधान संशोधनलगायतका काम गर्नसक्ने बताइन् ।
उनले भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न पनि आमसर्वसाधारणलगायत विभिन्न दातृ निकायलाई आग्रह गरेकी छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ७४ जनाकोे मृत्यु हुनाको साथै खर्बौ रूपैयाँ बराबरको भौतिक संरचनाको क्षति भएको थियो ।