अफगानिस्तानमा नेट र मोबाइल सेवा बन्द

टुरिजमफेस
काठमाडौं । अफगानिस्तानमा तालिवान सरकारले फाइबर अप्टिक नेटवर्क बन्द गरेको छ । सन् २०२१ मा तालिवान सत्तामा आएपछि पहिलोपटक देशभर यति ठूलो सञ्चार अवरोध भएको हो ।
सरकारी अधिकारीले ‘आठदेखि नौ हजार दूरसञ्चार स्तम्भहरू’ बन्द भएको बताएका छन् । यसले बैंकिङ, भन्सारदेखि सम्पूर्ण प्रशासनिक काममा असर पुगेको छ । नेटब्लक्सले ब्ल्याकआउटलाई ‘जानाजानी गरिएको सेवाको विच्छेदन’ जस्तो देखिएको जनाएको छ ।
विदेशमा रहेका अफगान नागरिकहरूले परिवारसँग पूर्ण रूपमा सम्पर्क टुटेको बताउँदै चिन्ता व्यक्त गरेका छन् । टेलिफोन सेवाहरू प्रायः इन्टरनेटमार्फतै सञ्चालन हुने भएकाले विशेष गरी कमजोर दूरसञ्चार पूर्वाधार भएका मुलुकमा फाइबर लाइन काटिँदा सम्पूर्ण सञ्चार ठप्प हुने अवस्था आएको हो ।
सन् २०२४ मा काबुल सरकारले नौ हजार ३५० किलोमिटर लामो फाइबर अप्टिक नेटवर्कलाई राष्ट्रिय प्राथमिकतामा राखेको थियो, जसलाई अघिल्ला अमेरिकी समर्थित सरकारहरूले निर्माण गरेका थिए । यसले अफगानिस्तानलाई विश्वसँग नजिक ल्याउन र गरिबी घटाउन मद्दत गर्ने आशा गरिएको थियो । एजेन्सीको सहयोगमा