बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई २ लाख राहत

टुरिजमफेस
काठमाडौं । सरकारले बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहतस्वरूप २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहतस्वरूप तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गर्दै स्थानीय तहसँग समन्वय गरेर मृतकका परिवारलाई २ लाखका दरले सहयोग उपलब्ध गराई घाइतेको निःशुल्क उपचार गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले क्षति पुगेका जिल्लामा उद्धार तथा राहत तत्काल पु¥याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको बताए । यसपटकको बाढी र पहिरोमा परी सबभन्दा बढी मानवीय क्षति इलाममा भएको छ । सुरक्षाकर्मीहरूले क्षतिको विवरण संकलन गरिरहेका छन् । उनले इलाममा मात्रै ७० लाख रुपैयाँ उपलब्ध गराएको बताए ।