चुनावको कार्यतालिका सार्वजनिक, सम्भव छ फागुन २१ मा निर्वाचन ?

निर्वाचन आयोगको कार्यालय
टुरिजमफेस
काठमाडौं । आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
त्यस्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्मलाई निर्वाचन प्रचारप्रसार तोकिएको छ । मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने आयोगले भनेको छ ।
निर्वाचन आयोगको कार्यालय