भदौ २३ गते सरकारले बल प्रयोग गर्न आदेश दिएको थिएनः लेखक

टुरिजमफेस
काठमाडौ ।, काठमाडौमा भदौ २३ गते भएको जेनजी प्रदर्शनमा सरकारले बल प्रयोग गर्न कुनै पनि आदेश नदिएको त्यतिखेरका गृहमन्त्री रमेश लेखकले दावी गरेका छन् ।
उक्त आन्दोलनपछि चुपचाप रहेको लेखकले पहिलोपटक सञ्चारकर्मीहरूसँग बोल्दै प्रहरीलाई बल प्रयोग गर्न तत्कालीन प्रधानमन्त्री र आफ्नोतर्फबाट बल प्रयोग गर्न आदेश नदिएको बताए ।
‘बल प्रयोग गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दिएको हो भन्ने चर्चाहरू पनि उठेका छन्’ उनले भने, ‘यी विषयहरूमा प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गर्ने होइन । र, त्यस्तो कुनै आदेश पनि गरिएको थिएन ।’
उनले भदौ २३ गते साँझ नै गृहमन्त्रीको पदबाट राजीनामा दिएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते दिउँसो राजीनामा दिएका थिए । घटनाको अनुसन्धानका लागि सरकारले आयोग गठन गरेको छ र अहिले उक्त आयोगले काम गरिरहेको छ ।