सुन तस्करी अनुसन्धानमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

टुरिजमफेस
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । भेपमार्फत् सुन तस्करी अनुसन्धानका लागि महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको हो । यसअघि पनि महरालाई २०८० चैतमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । तर राजनीतिक दबाबका कारण अनुसन्धानले गति लिन सकेको थिएन ।
महरामाथि २०७९ मा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोप छ । महरालाई प्रहरीले संगठित अपराध कसुरसमेत अभियोग लगाएको छ ।